Latest
अर्को
Prev

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकीमा ८ जनाको उम्मेदवारी दर्ता

सेयर गर्नुहोस

पोखरा, २३ पुस


राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ३ पदका ८ जनाको उम्मेदवारी परेको छ । माघ ११ गते हुने निर्वाचनका लागि गण्डकीमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाका उम्मेदवारले उमेद्वारी दिएको निर्वाचन कार्यालय गण्डकीका निमित्त प्रमुख रुद्र न्यौपानेले बताए ।


गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट २ पद कांग्रेस र माओवादीबाट १ पदमा उमेद्वारी दिएका छन् । कांग्रेसबाट गोरखाका किरणबाबु श्रेष्ठ र कांग्रेसबाट अपांगताबाट पदमबहादुर परियारले उमेद्वारी दर्ता गराए । त्यसै गरी माओवादीबाट पर्वतकी मनरुपा शर्मा उमेद्वार भएकी छन् ।


यसैगरी नेकपा एमालेबाट गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचन थकाली उम्मेदवार बनेका छन् ।


राप्रपबाट गण्डकीमा महिलाबाट तनहुँकी गौमाया श्रेष्ठ र कास्कीका रोमबहादुर भण्डारीलाई उमेद्वारी दिएका छन् ।


गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिदै छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन् ।


गण्डकीमा नेपालकी काग्रेसको २ हजार ७ सय ४ मतभार हुन्छ । त्यसै गरी नेकपा एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ९४, राप्रपाको १ सय ६, समाजवादीको ७२, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्र उमेद्वारको १९ मतभार रहेको छ ।


गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार रहेकाले सत्ता गठबन्ध कै जित नजिक छन् । सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।


यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८ सय २७ मतभार गठबन्धनको पक्षमा देखिन्छ । एमालेको २ हजार ४३९ मतभार छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist