काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो। निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन्। सो अनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतभार ५२०६ गरी जम्मा १० हजार १३५ मतभार कायम भएको छ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतदाता संख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्। सो अनुसार मधेश प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुने भएको छ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ११० तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। सो अनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतभार ४५०३ गरी जम्मा १० हजार ३३३ मतभार कायम हुनेछ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ६० तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। सो अनुसार गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्। सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ।
कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतदाता संख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन्। सो अनुसार कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। सो अनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ।