Latest
अर्को
Prev

रिसिङ्ग गाँउपालिकाले पुष २७ गते अल्ट्रा म्याराथन गर्ने

सेयर गर्नुहोस

२१ पुस, तनहुँ । रिसिङ्ग गाउँपालिकाले यसबर्ष पनि अल्ट्रा म्याराथन गर्ने भएको छ । शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रिसिङ लाई देशैभरी परिचित गराउने उदेश्यले पुस २७ गरे अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिएको बताए ।


रिसिङको प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ नियमित रुपमा प्रत्येक बर्ष म्याराथन गरिदै आएको जानकारी दिए । पहिलो बर्ष १३६ जनाले सहभागीता जनाएका थिए । त्यस्तै दोस्रो बर्ष पनि त्यतिकै संख्यामा धावाकले सहभागिता जनाएको भन्दै श्रेष्ठले यसबर्ष पनि धावकको संख्यामा वृद्धि हुने बताए ।


गाउँपालिकाले अल्ट्रा म्याराथनलाई प्राथमिकता दिएर खेलकुदलाई प्रोत्साहन गरेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए । सारिरिक तन्दुरुस्त मात्र नभएर खेलकुदलाई प्राथमिकता राख्नु राम्रो हो । लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्छ । देश भरिका धावकलाई बोलाएर कार्यक्रम गर्दा अन्यत्र पनि प्रचारप्रसार हुने र रिसिङको प्रचारमा सहयोग पुग्नेछ, उनले भने ।


दौड रिसिङको प्रबेसद्वारबाट दौड सुरु गरि दुबुङको भ्यु टावर सम्म पुग्नेछ । म्याराथन प्रतियोगिता ४२.५ किलोमिटरको दुरी रहनेछ । प्रतियोगितामा सहभागी हुन २६ गते सम्म धावकले फाराम भर्न सकिने प्रमुख प्रशासकिय अधिकृत चिन बहादुर रानाभाटले वताए । म्याराथनमा प्रथम हुने धावकलाई ६५ हजार दित्तिय हुनेले ४० हजार र तृतीय हुने धावकले २५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै पाँच जनालाई पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने खेल संयोजक दल बहादुर थापाले बताए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist