काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।यो आदेशसँगै निर्देशक डा. पौडेल पुनर्बहाली हुनेछन् ।