काठमाडौं : हिमालयन रिइन्सुरेन्स लिमिटेडको आज बुधबार (मंसिर २७ गतेबाट) सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ ।
यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।यता, प्रिमियम मूल्यको आइपीओको विषयलाई लिएर अदालतमा मुद्दासमेत परेको थियो । तर मंगलबारमात्र पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यस कम्पनीले आइपीओ जारी गर्ने बाटा खुला भएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन । तर आइपीओ खुला भएको कित्ता धेरै र प्रिमियम मूल्यमा आएको हुनाले लगानीकर्ताको सहभागिता कस्तो रहन्छ रु त्यो भने हेर्न बाँकी नै छ ।
यस्तै, मुलुकमा यो सहित अहिले २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । नेपाल पुनर्बिमा कम्पनी दोस्रो बजारमा पनि सूचीकृत छ । यसरी दीर्घकालीनरुपमा हेर्दा भने सानो बजारमा २ वटा पुनर्बिमा कम्पनी टिक्न सक्छन् कि सक्दैनन् रु भन्ने प्रश्न पनि रहेको छ । लगानीकर्ताले प्रिमियम मूल्य तिरिहँदा यो पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । तर दोस्रो बजार बुल रनमा गएमा लगानीकर्ताले पुँजीगत लाभ लिन सक्ने सम्भावना भने रहन सक्छ । लगानीकर्ताले १० कित्ता भन्दा बढी सेयर पाउने सम्भावनाहिमालयन रिइन्सुरेन्सले ठूलो संख्यामा आइपीओ जारी गर्न लागेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । यस कम्पनीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा पनि २४ लाख ९० हजार जनाले सेयर हात पार्नेछन् । पछिल्लो समय खुला भएका आइपीओमा परेको आवेदन तथा आवदेक सख्यालाई आधार मान्ने हो भने लगानीकर्ताले यसमा १० कित्ता भन्दा बढी नै सेयर पाउने सम्भावना देखिन्छ । त्यसो त यसमा एक जनाले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ