Latest
अर्को
Prev

जन्मोत्सवको अवसरमा सहयोग

सेयर गर्नुहोस


मंसिर ९ तनहुँ ।


सहयोग “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने भावनाबाट अभिप्रेरित भइ तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल अमेरिकाकाे बाल्टिमोर कर्मथलाे बनाउनु भएका मोहन पन्त र सन्जु अर्याल पन्तज्युले छोरा आरुष पन्तको जन्मोत्सवको अवसरमा एक कार्यक्रमकाे अायाेजना गरि सहयाेग हस्तान्तरण गर्नुभएको छ ।


बिशेष क्षमता भएका बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा सहित सामाजिक सेवामा सक्रिया युवाहरू शुरेस पुरी, माधब न्यौपाने, पविन्द्र भट्टराई, रमेश गिरि, भरतकुमार श्रेष्ठ, कृष्ण सुनार, रबि भुजेलकाे उपस्थितमा सहयाेग हस्तान्तरण गरिएको थियो ।


व्यास-४ स्थित श्री वेदव्यास प्राथमिक बिद्यालयमा अध्ययनरत दृस्टीबिहिन बालबालिकाहरु र व्यास-१ स्थित श्री बुद्ध दाहाल बहिरा आवासीय बिद्यालयमा अध्ययनरत बहिरा बालबालिकाहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियोे । कार्यक्रममा दुबै बिद्यालयका प्रधानाध्यापकज्युहरु, शिक्षक-शिक्षिकाज्युहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षज्युहरु लगायत सदस्यज्युहरु, पत्रकारज्युहरु लगायतको उपस्थिति रहेको थियोे ।


पन्त परिवारबाट प्राप्त सामाग्रीले बालबालिकाहरुलाई निकै ठूलो सहयोग पुगेको कुरा बिद्यालयका प्रधानाध्यपक सिता वाग्ले र भैरव पन्तले उक्त अवसरमा बताउनु भयो । अनौपचारिक रुपमा सन्चालन भएको उक्त कार्यक्रममा उपस्थिति माहानुभावहरुले पन्त परिवारको उत्तरोत्तर प्रगति एबम सु-स्वास्थ्यको कामना गर्दै आगामी दिनहरुमा पनि मानवताको सेवामा मन गैरहोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist