Latest
अर्को
Prev

प्रधानमन्त्री दाहाललाइ पौडेलको अपिल : चिसोले नागरिकको स्वास्थ्य अवस्था जटिल भयो सुरक्षित स्थानमा सारौं

सेयर गर्नुहोस

७ मंसिर, जाजरकोट । काङ्ग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोटबासीको स्वास्थ्य अवस्था भयाबह बन्दै गएकाले छिटोभन्दा छिटो सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने बताएका छन् । बिहिवार सामाजिक सन्जालमार्फत पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अपिल गरेका हुन् ।


भुकम्पले क्षेती पुगेको जाजरकोटमा अस्थायी टहरा निर्माणका लागि नेपाली काङ्ग्रेसले प्रदीप पौडेलको नेतृत्वमा एक टोली त्यस क्षेत्रमा पठाएको थियो । केन्द्रिय कार्यसमितिले निर्णय गरेपछि पौडेल सहित इन्जिनियर र प्राबिधिकसहितको टोली शनिबार जाजरकोट प्रस्थान गर्यो । त्यहाँ पुगेर अस्थायी टहरा निर्माणमा अग्रसर भयो । तर केही दिनदेखि त्यस क्षेत्रमा चिसो बढ्दै गएपछि स्थानीयहरु बिरामी पर्न थाले ।


सुत्केरी, वृद्धवृद्धा र बालबालिका प्रभावित हुन थाले । त्यसपछि अवस्था जटिल बन्दै गएको भन्दै प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अपिल गरेका हुन् । पौडेलले भनेका छन् । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवारसँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।


जाजरकोटबाट प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई गरेको अपिल


हार्दिक अपिल ! सम्माननीय प्रधानमन्त्री ज्यू । हामी जाजरकोटमा छौं । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।


सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ । एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ । मंसिर ७ काे चटारोले सरकारलाई भ्याई नभ्याई नै होला । थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु । यस विषयलाई पहिलो प्राथमिकतामा राखेर अत्यन्तै गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत समेत गराउँछु ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist