Latest
अर्को
Prev

राहत वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ः राष्ट्रपति पौडेल

सेयर गर्नुहोस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि उनीहरुको सही तथ्यांक लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।


भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार रुकुम पुग्नुभएका राष्ट्रपति पौडेलले रुकुम जिल्लाको क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । “ प्राकृतिक विपदमा कहाँ कहाँ के भएको छ भनेर बुझन हामी आएका हौ, यो विपत्तिको हामी सबै मिलेर सामना गरौ, चिन्ता नगर्नुहोला, सरकार, राज्य र सिंगो देश नै तपाईहरुको साथमा छ”, पौडेलले भन्नुभयो, “ तर, सही तथ्यांक राख्नुस, वास्तविक पीडितले नपाउने अर्कैले पाउने अवस्था आउन भएन ।” उहाँले लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रुपमा विपद सामनामा साथ दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो,“ दुःखमा दुःख बिसाउन हामी आएका छौ, राष्ट्रिय अन्तराष्ट्रिय सबै क्षेत्रको ध्यान यही छ, सरकार छ, राज्य छ, यसको हामी सबै मिलेर सामना गर्नुपर्छ ।


रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लाका १६ हजार घरमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै प्रकम्पनहरु भइरहेकाले यो बढ्न सक्ने बताउनुभयो । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट पुग्नुभएको थियो । उहाँले जाजरकोट सदरमुकाम खलङ्गको जिल्ला अस्पतालमा घाईतेहरुलाई भेटनुभयो भने त्यहाँको भूकम्पले क्षतिग्रसत क्षेत्र तथा पीडितहरुसँग कुराकानी गर्नुभयो ।


भूकम्पको केन्द्र बनेको जाजरकोटको रामीडाँडा पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जानुभएको हो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जा मन्त्री शक्ति बस्नेत, प्रदेश सांसद र प्रधानसेनापति लगायत सहभागी हुनुहुन्छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist