Latest
अर्को
Prev

राष्ट्रपति पौडेलकाे युरोप भ्रमण स्थगित

सेयर गर्नुहोस

२० कार्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो। तर भूकम्पसहितका अन्य संकटका कारण नागरिकहरू पीडामा रहेका बेला पौडेलको भ्रमण स्थगित भएको हो।


पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सोमबार एक विज्ञप्ति निकालेर युरोप भ्रमण स्थगित भएसँगै अब भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम तय भएको छ।


पोखरेलका अनुसार राष्ट्रपति पौडेल मंगलबार जाजरकोटसहितका भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको छ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist