१९ कार्तिक, काठमाडौं । सरकारले शुक्रवार गएको भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए ।
सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । उपचार निःशुल्क हुन्छ जति ठूलो उपचार भए पनि । यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।
मन्त्री मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि भएका नीतिगत र व्यवहारिक कमीजोरीहरुलाई सच्याउँदै राहत र पुननिर्माणको काम अगाडि बढाइने बताए ।