Latest
अर्को
Prev

नापी कार्यालय कास्कीमा क्यू आर काेड मार्फत गुनासाे गर्न पाइने

सेयर गर्नुहोस

पाेखरा १४ कात्तिक


नापी कार्यालयको सेवा भने बिचौलियाबिना लिन सकिने व्यवस्था यस अघि नै कास्कीमा सुरु भइसकेको छ। जुन कामका लागि निवेदन दिनुपर्ने हो, त्यस्तो निवेदन सेवाग्राहीले आफ्नो मोबाइलमै पाउन सक्छन्।


मोबाइलमा नापी कार्यालय कास्कीको एप डाउनलोड गरेपछि निवेदन र लाइनको दुवै झन्झटबाट मुक्ति पाउनेछन् ।  याे सगै नापी कार्यालय कास्कीमा क्यू आार काेड प्रयोग गरि सेवा ग्राहीले कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव गर्न पाइने भएको छ । म‍‍ङ्गलवार एक सूचना प्रकाशन गरि याे व्यवस्था शुरु गरिएको नापी कार्यालय कास्कीका सूचना अधिकारी ई.दिनेश लामिछानेले वताए । कार्यालय सगँ सम्वन्धित गुनासाे गर्न कार्यालयमा निवेदन लिएर आउन पर्ने वाध्यत हटेकाे छ ।


यस अघि सुझाव पेटिका राखी कार्यालय सगँ सम्वन्धित गुनासाे तथा सुझाव लिने गरिएकाे थियाे । याे सगै अव कर्यालयकाे आधिकारिक इमेल मार्फत राख्न सकिने र गुनासो सुझाव राख्न चाहाने व्यक्तिले आफ्नो परिचय खुलाउन नचाहेमा क्यू आार काेड स्क्यान गरि ताहा उपलब्ध हुने फाराम भरि राख्न सकिने नापी अधिकृत ई बिशाल थापाले जानकारी दिनुभयो |


कार्यालयको सेवा चुस्त र दुरुस्त राख्न र शु-सासन कायम गर्न यस किसिमकाे प्रविधिले थप सहयाेग पुग्ने र आफु शुशासन कायम गर्न प्रतिबद्ध समेत रहेको नापी कार्यालय कास्कीका प्रमुख नर बहादुर चन्दले बताउनु भयो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist