Latest
अर्को
Prev

आजदेखि टि-२० विश्वकप छनोट सुरु: सिंगापुरको सामना गर्दै नेपाल

सेयर गर्नुहोस

काठमाडौं । घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको पहिलो खेलमा सोमबार सिंगापुरको सामना गर्दैछ ।


समूह ‘ए’ अन्तर्गतको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।


घरेलु मैदानको फाइदा उठाउँदै सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाल सिंगापुरलाई हराउँदै सुखद सुरुआत गर्न चाहन्छ । यता, सिंगापुर पनि नेपाललाई स्तब्ध बनाउँदै छनोटमा विजयी सुरुआत गर्ने सोचमा छ ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइ टोलीको लक्ष्य ट्वान्टी-२० विश्वकपमा छनोट हुनु रहेको बताउँ छन् ।


‘अहिले हामी विश्वकप छनोटमा केन्द्रित छौं । अस्ति के भयो त्यसमा ध्यान दिन्नौ । सन्दीप लामिछानेको आगमनले उत्साह थपिएको छ । सबै फ्रेस छन्। खेलाडीले खेल बाहेक पनि अतिरिक्त धेरै सिकेका छन्,’ देसाइले भने ,‘ट्वान्टी २० फास्ट खेल हो । यसमा जे पनि हुन सक्छ भन्ने हामीलाई थाहा छ । सबैले आफ्नो भुमिकाको बारेमा बुझेका छन् । घरेलु दर्शककासामू टोलीलाई विश्वपकमा छनोट गाउने प्रेसर छ । तर हामी तयार छौं । भोलि राम्रो प्रदर्शन गर्ने छौं । सबैको लक्ष्य विश्वकपमा छनोट हुने हो ।’


लेग स्पिनर सन्दीप लामाछानेको आगामने टोलीको प्रदर्शनमा केही सुघार आउने अपेक्षा गरिएको छ । उनले व्यक्तिगत कारणले त्रिकोणात्मक शृंखला खेलेका थिएनन् ।


यसैगरी कप्तान रोहितकुमार पौडेल जसरी पनि ट्वान्टी २० विश्वकपमा छनोट हुनुपर्ने घारणा राख्छन् ।


‘हामीले पछिल्ला ६/७ महिनामा राम्रो गरिरहेका छौं । त्रिकोणात्मक शृंखलाको फाइनल सोचे जस्तो हुन सकेन । पहिलाको कुरा बिर्सेर अगाडि बढ्ने छौं । सबै जना उत्साहित छौं । हामी अबका खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्नेछौं । ट्वान्टी २० मा जे पनि हुन सक्छ । सन्दीपको आगमनले केही सहज भएको छ । सन् २०१४ को फिल आइरहेको छ । सबै जानले आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछौं । हाम्रो सोच जसरी पनि विश्वकपका छनोट हुनुपर्छ भन्ने छ ।’


एस्तो छ खेल तालिका:-


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist