Latest
अर्को
Prev

काँग्रेसका सभापति देउवाले बोलाए उपसभापति र महामन्त्री

सेयर गर्नुहोस

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका प्रदेस सरकारका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन् । आजा ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।


सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । शेखर निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।


काँग्रेसका आठ जनाले विद्रोह गरी केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।


कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका कारण उनि अनुपस्थित हुने भएका हुन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist