Latest
अर्को
Prev

दृष्टिविहीन शिक्षिकाले ३ दिनपछि तोडिन् अनसन

सेयर गर्नुहोस

पायक पर्ने ठाउँमा हाजिरी गर्न माग राख्दै आमरण अनसन सुरु गरेकी शोभा पौडेलले ३ दिनपछि अनसन तोडेकी छन् ।


३ महिनाभित्र पोखराभित्रै पायक पर्ने विद्यालयमा सरुवा गर्ने गरी सहमति भएको नेत्रहीन संघ, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।


सहमतिअनुसार पौडेलले बुधबार सुरुमा पोस्टिङ गरिएको लमजुङ दोर्दी गाउँपालिकाको स्कुलमा हाजिरी गनेछिन् ।


त्यहाँबाट कागजात मिलाएर कास्कीको मादी, तारकाङस्थित ध्रुव माविमा अस्थायी रुपमा हाजिरी गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांगता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।


‘पहिले त नियमानुसार पोस्टिङ भएको स्कुलमा गएर कागजात मिलाएर आउनुप¥यो । त्यहाँबाट कागजात ल्याइसकेपछि अस्थायी रुपमा तारकाङको ध्रुव माविमा हाजिर गराउने सहमति भयो,’ शर्माले भने ।


मादीमा हाजिर गरेको ३ महिनाभित्र ै पौडेलकोे माग बमोजिम पोखराका कुनै पनि पायक पर्ने स्कुलमा हाजिरी गराइने सहमति भएको उनले जानकारी दिए । ‘तत्काललाई कास्कीका अन्य कुनै पनि स्कुलमा सरुवा गर्न सम्भव नभएकाले ३ महिना समय दिइएको हो,’ उनले भने, ‘दोर्दीभन्दा मादी नजिक पनि भयो, सजिलो पनि हुन्छ ।’


जन्मजात दृष्टिविहीन रहेकी पौडेलले २०७९ सालको शिक्षा आयोग परीक्षा परीक्षा पास गरेकी थिइन् ।


तर, आफूलाई अपायक पर्नगरी दुर्गम ठाउँमा पोस्टिङ गरिएको र पायक पर्ने ठाउँमा सरुवा गर्न माग पनि सुनुवाइ नभएको भन्दै १४ गतेदेखि अनसन सुरु गरेकी थिइन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist