Latest
अर्को
Prev

पोखरामा दृष्टिविहीन शिक्षिका आमरण अनसनमा

सेयर गर्नुहोस

पाेखरा १५ असाेज ।आफुलाई अपायक पर्ने ठाउँमा नियुक्ति दिएकाे भन्दै पोखरामा एक दृष्टिविहीन शिक्षिका आमरण अनसनमा बसेकि छन् । पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शिक्षिका शाेभा पाैडेल आइतवारदेखि आमरण अनसन बसेकि छन।


लमजुङकाे दाेर्दि गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान आउन निकै समस्या भएकाे भन्दै उनले एक दृष्‍टिबिहिनको व्याबहारिक समस्या राज्यले नबुझेको आरोप लगाईन । उनले गएकाे वर्ष शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकमा नाम निकालेकि हुन् ।


उनले पायक पर्ने विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी राेजगारीकाे सुनिश्चित हुनुपर्ने माग राखेकी छन् । १५ वर्षदेखि पाेखराकाे राष्ट्रिय माविमा पढाउँदै आएकि पाैडेलले आफ्ना मागहरु पुरा गरेर सबै नागरिकलाई समभावको व्यवहार गर्न सरकार समक्ष आग्रह गरिन । आफ्नाे परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएकाे गुनासाे थियो । आफ्नो माग पुरा नभएसम्म अनसन जारी रहने शिक्षिका पाैडेलले बताएकि छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist