१५ असोज, कास्की । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पोखराको अमरसिंह चौरमा अधिवेशनको उद्घाटन गर्दै छन् ।
एमाले गण्डकी अधिवेशनमा प्रभावशाली नेताहरू उपमहासचिव समेत रहेका नेता पृथ्वीसुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने आँकलन स्थानीय नेता कार्यकर्ताले गरेका छन् ।
अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि नेतृत्वले अधिवेशनमा प्यानल नबनाई चुनाव लड्न निर्देशन दिएको भए पनि गुरुङ र अधिकारीको नाममा नेताहरू प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।