७ असोज, काठमाडौँ । शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटलाई सुखद संयोग मानेको बताएका छन् ।
आइतबार बेइजिङस्थित राजदूतावासमा भएको सम्मान र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू यसअघि प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणको समेत स्मरण गरे । उनले तत्कालिन राष्ट्रपति हु जिङ ताओसँग पनि खेलकै सन्दर्भमा पहिलो र पछि औपचारिक वार्ता भएको उनले स्मरण गरेका छन् ।