५ असोज, तनहुँ । रास्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आउने भएका छन् । रास्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । दमौलीमा बनेको सुबिधा सम्पन्न सभाहलको उद्घाटन गर्न पौडेल तनहुँ आउन लाग्नुभएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।
रास्ट्रपति पौडेल आजै तनहुँ मिर्लुङमा रहेकाे भयरथान मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेकाे प्रमूख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।पौडेलले शनिबार सभाहलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल गृहजिल्ला आउने भएपछि स्थानीयबासी खुशी भएका छन् ।
कार्यक्रममा सहभागिताको लागि जिल्ला स्थित प्रमूख राजनितिक दलका प्रमुख र प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्य हरुलाइ निमन्त्रणा गरेकाे समन्वय समिति तनहुँका प्रमुख वाग्लेले बताए । रास्ट्रपति पौडेल करिव ४ घन्टा दमौलिमा रहने छन् ।