Latest
अर्को
Prev

हजारौँ माफियागिरीका फाइल खोलिँदैछ : प्रधानमन्त्री

सेयर गर्नुहोस

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवासजस्तै सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर माफियागिरी गर्ने हजारौँ फाइल खोल्ने बताएका छन् । शनिबार गोरखाको सिरानचोक गाउँपालिकामा जनप्रतिनिधि तथा सिरानचोकवासीसँग भेटघाट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।


उनले अनेक जालझेल गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर रहेको भन्दै देशका विभिन्न ठाउँमा सरकारी जग्गालाई जाली फटाहाहरुले अनेक जालझेल गरेर सरकारी कर्मचारी प्रलोभनमा पारेर व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर नै रहेको बताए ।


ललिता निवास सुरुआतमात्र भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो केन्द्रको जग्गाको कुरो भयो, त्यहाँ हाम्रो उद्देश्य कसैलाई फसाउने होइन । यस्ता हजारौं केस आउँदैछन्, त्यसको फाइल खोल्दै जानुपर्छ, राज्यको दुरुपयोग गर्ने जालीझेलीलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’


सुन तस्करीको जालो तोड्न आफ्नै विशेष अभिरुचीका साथ अनुसन्धान प्रक्रिया सुरु भएको उनको भनाइ छ । ‘अनुसन्धान प्रक्रिया सुरु गर्दैजाँदा सेटिङमा संलग्न भएका २७÷२८ जना गिरफ्तार भएका छन्, यो पार्टी त्यो पार्टी भन्ने छैन, जुन पार्टीका जुनसुकै स्तरका नेता कार्यकर्ता भएपनि उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ ।’


सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले गरिब र निमुखालाई मात्र कानुन लाग्छ, ठूला नेता, मन्त्री, सचिव पदाधिकारीलाई लाग्दैन भनेजस्तो बुझाईलाई बदल्ने जमर्को गरेको बताए ।


उनले भने, ‘यदि कोही दोषी छ भने मन्त्री, नेता भएपनि, पदाकारी भएपनि छुट पाउन सक्दैन । मानिसलाई भष्टाचारविरुद्ध र सुशासन पक्षमा सुरु गरेको अभियान प्रचण्ड सरकारले आफ्ना मान्छे बचाउँछ, आफ्ना मान्छे परे भने कारबाही नगर्ने अरुलाई गर्ने भनेर पनि प्रचार भयो, अनुसन्धानकर्तालाई मैले भनिसकेको छु, अनुसन्धान गर्दै जाँदा प्रधानमन्त्री देखिए पनि नछाड्नु, बयान लिन जरुरी परे, गिरफ्तार गर्नुपर्छ भने पनि गर्नु भनेर निर्देशन दिएको छु ।’


उनले न्याय र समानताको आन्दोलनलाई कमजोर बनाउने काम भष्टाचारले गरिरहेको बताए । ‘यो सुरुआतमात्र हो, निरन्तर अघि लानुपर्छ । माथिदेखि तलसम्म भष्टाचारको जालो जबसम्म तोडिँदैन, सुशासन स्थापित हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासनको अभियान रोकिन हुँदैन, तलबाट आवाज उठाइदिनुभयो भने सरकारको लागि उर्जा र मनोबल पैदा हुन्छ ।’


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist