काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ ।सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेश सभाबाट मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गरेको हो।
मुख्यमन्त्री थापा १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाध्यक्षले पनि मत दिएका थिए।
संविधानअनुसार, सभाध्यक्षले मत दिन नपाउने सर्वोच्चको ठहर छ। प्रस्तावको पक्ष र विपक्षमा बराबर मत भएकोपछि मात्रै सभाध्यक्षले मत दिन पाउने संवैधानिक व्यवस्था छ।