Latest
अर्को
Prev

नेपाल १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिप खेल्दै

सेयर गर्नुहोस

१५ भदौ, काठमाडौं । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ ।


भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लूएफ विश्व च्याम्पियनसिपमा नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।


विकास, विशालसिंह, टीकामाया र शारदाले चीनमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउँदै छन् । प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन् ।


नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन रियाद जाने छन् ।व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बरमा ४ रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाद उड्ने छन् ।


अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist