Latest
अर्को
Prev

गायिका समीक्षा अधिकारीले दिइन् साइबर क्राइमको उजुरी

सेयर गर्नुहोस

पोखरा । गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन् । अष्टे«लिया भिसा’bout ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन् ।


गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन् । उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छन् ।


उनले निवेदनमा लेखेकी छन्, ‘मेरो विषयमा अतिरञ्जित कुराहरु लेखी हुँदै नभएको कुराहरु, बिनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुकमा ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट मेरो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोस्ट गरेको र कुनै प्रमाण नभई बिनाआधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिहरुलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ ।’


उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।


हेर्नुहोस उजुरि:-


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist