Latest
अर्को
Prev

एक महिनामै प्याज ३२.८९ प्रतिशतले महंगियाे, बन्दा, साग र मूलाकाे पनि भाउ ह्वात्तै बढ्याे

सेयर गर्नुहोस

प्याजको भाउ एक महिनाको अन्तरालमा ३२.८९ प्रतिशतले महंगो भएको छ । भदौ ८ गते अथवा आज प्याज औसतमा प्रतिकिलो ७५.४० रुपैयाँमा बिक्री भइरहेको छ । गत महिनाको यसै दिनमा प्याजको औसत मूल्य एक किलोको ५०.६० रुपैयाँमा बिक्री भएको थियो ।


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूची अनुसार साउनदेखि भदौसम्म प्याज किलोकै २५.८० रुपैयाँले बढेको छ ।


प्याजको आयात खुला भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार मूल्य तोकेको थियो। भारतले प्याजमा ४० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेसँगै व्यापारीहरूले प्याज आयात रोकेका कारण प्याजको अभाव भएको भन्दै मूल्य तोकिएको थिएन । तीन दिनपछि, समितिले दैनिक मुल्य सूचीमा प्याजको मुल्य तोकेको हो । हिजो कालिमाटी बजारमा प्याज औसतमा प्रतिकिलो ७७.६० रुपैयाँ पर्ने समितिले जनाएको छ । हिजोको तुलनामा आज प्याज २.२० रुपैयाँले बढेको छ ।


लाेकल बन्दा, साग र मूलाकाे भाउ ह्वात्त बढ्याे


तर तरकारीमध्ये लाेकल बन्दाकाे भाउ भदाैमा ह्वात्त बढेकाे देखिन्छ । समितिका अनुसार साउन ९८ गते, प्रतिकिलाे झण्डै १३ रूपैयाँ रहेकाे बन्दा भदाै ८ गते, ५० रूपैयाँ पुगेकाे छ । यसरी, कालीमाटी बजारमा बन्दा एक महिनामै ७२.४० प्रतिशतले बढेकाे देखिन्छ ।


यस्तै, रायाे साग पनि करिब ७२ रूपैयाँले बढेर एक किलाेकाे १४६ रूपैयाँ ६७ रूपैयाँमा बिक्री भएकाे छ । साउन महिनाकाे यसैदिन ७५ रूपैयाँ ताेकिएकाे थियाे । 


यसकासाथै मूलाकाे भाउ पनि बढेकाे छ । अहिले राताे मूलाकाे औसत थाेक मूल्य ६६ रूपैयाँ ६७ पैसा, सेताे लाेकल मूला र हाइब्रीड सेताे मूला ७५ रूपैयाँ रहेकाे छ । मूलाकाे भाउमा याे महिना ४७ देखि ८० प्रतिशतसम्मकाे वृद्धि देखिएकाे छ ।


टाटे सिमी भने ४३ रूपैयाँ ३३ पैसाले सस्तिएर ७६ रूपैयाँ ६७ पैसा रूपैयाँमा बिक्री भएकाे छ ।  यसैगरी,गाजर, काउली, पाकेकाे फर्सी, स्कूस, पिंडालू, ताेरीकाे साग र च्याउकाे भाउ घटेकाे छ ।


आलु र लसुनकाे किलाेकाे कति ?


आलुकाे भाउ पनि एक महिनामा सामान्य बढेकाे समितिले जनाएकाे छ । राताे आलु हल्का बढेर ५१ रूपैयाँ २० पैसामा बिक्री भइरहेकाे छ । भारतीय राताे आलु २.७४ प्रतिशतले महंगिदा आज प्रतिकिलाे ३६.५० रूपैयाँ पुगेकाे छ । मुडेकाे राताे आलु एक केजीकाे ४९ रूपैयाँ ताेकिएकाे छ । जुन अघिल्लाे महिना ४१ रूपैयाँ थियाे ।


कालिमाटी बजारकाे मूल्य सूची अनुसार चाइनिज लसुन याे महिना केहि सस्ताे भएकाे छ । साउन ८ गते, प्रतिकेजी २७६ रूपैयाँ थाेक मूल्य रहेकाे लसुन भदाै ८ गते, २५२ रूपैयाँमा झरेकाे छ । समितिका अनुसार एक महिनामा लसुन ९.५२ प्रतिशतले घटेकाे हाे ।


तर नेपाली लसुनकाे भाउ भने साेहि समयमा ९.५२ प्रतिशतले वृद्धि भएकाे देखिन्छ । कालीमाटी बजारमा शुक्रबार उक किलाेकाे २६३ रूपैयाँ ३३ पैसा पर्ने नेपाली लसुनकाे थाेक मूल्य गत महिना २१५ रूपैयाँ रहेकाे थियाे ।


यता एक महिनामा गोंलभेडाको भाउ सस्ताे भएको छ । साउनमा मात्र गोंलभेडा १३.७६ प्रतिशतले घटेको छ।


कालीमाटी बजारमा गत साउन ८ गते ठूलाे नेपाली गोंलभेडाको थोक मूल्य प्रतिकिलो ९६.६७ रुपैयाँ तोकिएको छ। जुन भदौ ८ गतेसम्म आइपुग्दा एक किलोको ८५ रुपैयाँमा झरेको छ ।


यसैगरी, कालीमाटी बजार विकास समितिको मूल्य सूची अनुसार सानो गाेंलभेडा टनेलको प्रतिकेजी १.५६ प्रतिशतले घटेको छ । तर सानो लाेकल गोंलभेडाको मूल्य भने एक महिनामा १८.१० प्रतिशतले बढेको छ ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist