३१ साउन, काठमाडौ ।
कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षा असोज ६ र ७ गते हुने भएको छ। यसका लागि विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डले आग्रह गरेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र जुनसुकै एउटा विषयको परीक्षा दिने सबै परीक्षार्थीले परीक्षा दिन पाउनेछन्। दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले बाँकी विषयको परीक्षा दिन पाउनेछन्।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ २२ भित्र बोर्डको खातामा ६ सय रुपैयाँ परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिभित्र रकम बुझाउन छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रुपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाइसक्नुपर्नेछ।