काठमाडौँ । सरकारले लामाे समयदेखि रोकिएको कित्ताकाट खुला गर्ने र भू-उपयोग नियमावली पारित गरेको छ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेला हटेकाे छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक मन्त्रीले बताए । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने तयारी गरेका थिए ।