काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए ।
नतिजा प्रकाशनका लागि बोर्डले दिउँसो बैठक बोलाएको थियो । नतिजा प्रकाशन गर्ने निर्णयपछि बोर्डले सार्वजनिक गरेको हो ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।