२७ साउन, तनहुँ ।
सडकमै ढुङ्गा खसेर अबरुद्ध भएको पृथ्वी राजमार्ग एक तर्फी संचालनमा आएको छ । ढुङ्गा हटाएपछि पृथ्वी राजमार्ग सुचारु भएको हो । शनिबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरामा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई राजमार्गको सडक पुर्ण रुपमा बन्द भएको थियो ।
पहिरो पन्छाएपछि एक तर्फी बाटो संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाणले जानकारी दिए । डेढ घन्टाको निरन्तर प्रयास पछि बाटो एक तर्फी खुलाइएको हो, उनले भने ।