२५ साउन, तनहुँ ।
व्यास नगरापलिका- ११ पोल्याङटार सेरामा रहेको मनकामना आश्रममा सञ्चालित एक महिने पुरुसोत्तम मास अखण्ड दिप एवं हरिनाम संकृतन महायज्ञ महोत्सवमा भक्तजनहरुको भिड बढेको छ । मानिसहरुमा हिन्दु धर्मको प्रचारप्रसार गर्ने तथा सनातन धर्म संस्कृतिको संरक्षण गर्नुका साथै पुरुसोत्तम मासको महत्व उजागर गर्ने उदेश्यले आयोजीत महोत्सवमा आउने दर्शनार्थिको घुइँचो लागेको हो ।
अखण्ड दिप एवं हरिनाम संकृतनमा विभिन्न मठ मन्दिर आमा समुह तथा अन्य संघ संस्थाहरुबाट भक्तजनहरुको आउने क्रम जारी रहेको मनकामना आश्रम संरक्षण समितिका अध्यक्ष राजन अधिकारीले बताए । पुरुसोत्तममासको महिमा उजागर गर्नुका साथै हिन्दु धर्मबाट विचलित भएका भक्तजनहरुलाई एकाकार गर्दै सनातन हिन्दु धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो, उनले भने । हालसम्म उक्त महायज्ञमा २५ सयभन्दा बढी भक्तजनहरु आइसकेका र आउने क्रम जारी रहेको समितिले जनाएको छ ।
उक्त महायज्ञमा गुरुहरु ठाकुरप्रसाद वराल, सरोज सिग्देल, झलनाथ शर्मा, व्यास अन्न क्षेत्रका सहायक संरक्षक गोविन्द बाबा, राजन गुरु लगायतकाले प्रवचन गरेका छन् । उक्त महायज्ञमा दैनिक भजन कृतन एवं कथाबाचन, अखण्ड दिप प्रज्वलन एवं संकल्पबाचन, स्वतिबाचन हुने गरेको आश्रमले जनाएका छ ।