Latest
अर्को
Prev

पृथ्वी राजमार्ग सडक खण्डको छिर्कनेमा सडक भासिएपछि मालबाहक र ठुला सवारीसाधन आवतजावतमा मुग्लिन बाटै रोक

सेयर गर्नुहोस

२३ साउन, तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डको छिर्कनेमा सडक भासिएपछि अवरुद्ध राजमार्ग संचालनमा आएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिका— १३ छिर्कनेमा मंगलबार सडक नै भासिदा राजमार्ग अवरुद्ध भएको थियो । बाटो बन्द भएपछि ठुला तथा साना सवारी साधन घन्टौ जाममा परेका थिए ।


निरन्तरको वर्षाले सडक भासिएर केही समय राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए ।  उनले भने, सडक भासिएको थाहा पाउने बित्तिकै प्रहरीको टोली उक्त क्षेत्रमा पुगेको थियो । त्यसपछि सडक संचालनमा ल्याउन तत्कालै एक्साभेटर प्रयोग गरि बाटो खुलाउने प्रयास भयो । ‘त्यसपछि एकतर्फी संचालनमा ल्याएका छौ । तर मालबाहक र ठुला सवारी साधन भने आवतजावत गर्न समस्या छ,’ उनले भने । 



छिर्कनेमा डाइभर्सन गराउन मिल्ने ठाउँ समेत नहुँदा राजमार्ग सुचारु गर्न समय लागेको थियो । भासिएको ठाउँमा खोल्सा भएकाले पनि बाटो बनाउन समस्या भएको हो । त्यस ठाउँमा दुई तर्फी सवारी साधन आवतजावत गराउन मिल्ने अवस्था पनि छैन । ठुला तथा मालवाहक सवारी  साधन आवतजावत नर्गन जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना नै जारी गरेको छ । मुग्लिन देखि नै मालबाहक सवारी साधन प्रवेशमा रोक लगाइएको प्रहरी उपरीक्षक विष्टले बताए । ‘हामीले हेभी सवारी साधन प्रवेशमा रोक लगाइसकेका छौ । मुग्लिन र पोखरादेखि आउने त्यस्ता सवारी साधन नचलाउन भनेका छौ,’ उनले भने ।



निरन्तरको बर्षाले राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ । खैरेनीटारमा पनि पहिरो जाँदा केहिबेर सडक अवरुद्ध भएको थियो । त्यस्तै निरन्तरको वर्षाले नदीको बहाव बढ्दै गएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई शतर्कता अपनाउनको लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले बताए । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist