पोखराका विद्यालय ३ दिन बन्द - Ramropress
  Latest
अर्को
Prev

पोखराका विद्यालय ३ दिन बन्द

सेयर गर्नुहोस

पोखरा । आँखा पाक्ने रोगको संक्रमणबाट जाेगिन  पोखरा महागरपालिका भित्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाका अनुसार भाेलि बुधबारदेखि शक्रबारसम्म विद्यालय बन्द गरिने भएको होे ।


जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेकाे शिक्षक अभिभावक संघ, शिक्षक, लगायत सरोकारवालापक्षबीचको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।


पोखरा महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो ।  विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको हाे । आँखा पाक्ने रोगको संक्रमण बढेपछि केही विद्यालय यस अघि नै बन्द भएको महाशाखाको भनाइ छ ।


शनिबारसहित ४ दिन बिदा हुन्छ र यसपछि पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको महाशाखाले जनाएकाे छ । अहिले दिइएको ३ दिन अन्य बिदामा कटाउने गरी सहमति बनेकाे हाे ।


हेर्नुहोस सुचना:-


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist