Latest
अर्को
Prev

तीज गित ‘चरी भरर’सार्वजनिकः मौलिक गित गाउनु कलाको विशेषता

सेयर गर्नुहोस

१६ साउन, काठमाडौ । गायिका कला लम्सालको तीज गित ‘चरी भरर’ सार्वजनिक भएको छ । तीजको अवसर पारेर ल्याइएको गित सोमबार बिहान गायिका लम्सालले सार्वजनिक गरेकी हुन् । पछिल्लो समय तीजका गितमा मौलिक कला सस्कृति झल्किनु भन्दा पस्चिमेली सस्कृतिको सिको गर्दै जाँदा  यथार्थ परक हुन नसकेको टीका टिप्पणी हुँदै आएको छ । तर गायिका लम्सालले भने परम्परागत भेषभुषामा सजिएर मौलिक कला, सस्कृतिलाई समेट्नुका साथै चेलिबेटीको यथार्थ चित्रणलाई गितमा समेटेकि छन् ।उनले सोमबार बिहान ८ बजे गित सार्वजनिक गरिएको बताइन् । यो गितमा चेलिबेटीले व्यहोर्नु परेको अवस्थाको यथार्थ चित्रण गरिएको छ । ‘यसले आम स्रोताको मन जित्ने विश्वास गरेको छु,’ उनले भनिन् । लम्सालले गित सार्वजनिक भएपछि सुनेर प्रतिक्रिया दिनको लागि अनुरोध गरेकी छिन् ।


 
सार्वजनिक गरिएको तीज गितमा प्रकाश पराजुलीको शव्द संगीत रहेको छ भने नृत्य नारायणी खत्री, जुनु एसडी र कला लम्सालको रहेको छ । अभिनय भने ओभि रायमाझी र कला लम्सालको रहेको छ । त्यस्तै निर्देशन भने काजीस श्रेष्ठले गरेका छन् । हरेक वर्ष मौलिक तीज गित गर्ने गायिका लम्साल यस वर्ष पनि स्रोताहरुको लागि तीजको कोशेली लिएर आएकी हुन् । अहिलेको परिपेक्षमा तीजको भावहरु समेटिएको गितहरु अत्यन्त न्युन संख्यामा आइरहेको बेलामा तीज गीत नै निकाल्नु कलाको विशेषता मानिएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist