Latest
अर्को
Prev

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

सेयर गर्नुहोस

१६ साउन, काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।


यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ । नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist