पोखरा ।
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोलामा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरले थप पहिरो नखसे पहिरो पन्छाउन ३ घण्टाजति लाग्ने जनाएको छ । बाटोमा लेदो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका छन् ।