Latest
अर्को
Prev

औपचारिकतामा भानु र अन्योलमा घांसी

सेयर गर्नुहोस

कमल खनाल


नर्थ क्यारोलोना, अमेरिका/ भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ मा मनाउने गरिएको छ। तर बिदेशमा बस्ने नेपाली समुदायले आ-आफनो अनुकुलतामा मनाउने गरेको पाइन्छ। बिशेष गरी साहित्यिक संघ संस्थाहरूले भानुभक्तका बारेमा महत्वका साथ जन्म जयन्ति मनाएको पाइन्छ।


हालैमात्र श्राबण ८ मा नर्थक्यारोलिना नेपाली कम्यूनिटी र अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज नर्थक्यारोलिनाद्धारा संयूक्त रूपमा भानुभक्तको जन्मजयन्ति मनाउने काम सम्पन् गरेको छ।


प्रमुख अतिथि निलम कार्की निहारिका रहेको उक्त कार्यक्रममा एन सी एन सी का अध्यक्ष आर पी पौडेल र आइ एन एल एस एन सीका अध्यक्ष शिशिर खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रभा पोखरेलले संचालन गर्नु भएको थियो। वक्तृत्वकलामा सहभागि हुने भाईबैनीहरूलाइ पुरस्कारको ब्यबस्था समेत गरिएको थियो वाल्मिकीरामायणका अनुबादक आचार्यको २१०औ जन्म जयन्ति मनाइ रहदा भानुभक्तलाई यसरी चिन्ने गरिएको पाइन्छ।


पहिलो देखिएका भानुभक्त


दोस्रो लेखिएका भानु भक्त


तेस्रो पढिएका भानुभक्त


चौथो सुनिएका भानुभक्त


अहिले भानुभक्तलाइ सम्झदा थोरै लेखिएका पुस्ता र धेरै पढिएका पुस्ताबाट संस्मरण हुने गरिएको पाइन्छ। देखिएका भानुभक्तलाइ संस्मरण गर्ने पुस्ता यसलोकमा नै छैनन। भानुभक्तलाइ नदेखेका तर भानुभक्तिय पुस्ताका मानिसहरूसंग छोटो अवधि संगत पाएर भानुभक्तलाइ चिन्ने र जान्ने मौका पाएका मानिसहरूको पुस्ता पनि अगिल्लो पुस्ताका संगै पछि पछि गईसके। भानुभक्तिय कला र रचनाहरू पढेर भानुभक्तको धारणा बनाउने पुस्ताले बिभिन्न संघसंस्था स्थापना गरेर


भानुभक्तलाइ संस्मरण गर्ने काम भइरहेकोछ। यो पुस्ताले आउदो पुस्तालाइ भानुभक्तका बारेमा सुनाउने काममा लागिरहेको पाइन्छ। भानुभक्तको बास्तबिक जीवनमा त्यति मेल नखाने तर यस्तै हुनु पर्छ भनेर स्केच गरिएका तस्वीर र तत्कालिन समयमा उनले प्रयोगमा ल्याएका सामग्री र लगाइने कपडाहरूको अनुमानमा भानुभक्त यस्तै हुनु पर्छ भनेर भानुभक्तका कृतिहरूलाइ उज्जिल्याउने पुस्ताले दिइएका संकेतहरूमा भानुभक्त यस्ता थिए भनेर एउटा धारणा बनाउने गरिएको छ।


भानुभक्तको कथा सुनाउने र काल्पनिक तवरले तयार गरिएका तश्वीरलाइ देखाएर भानुभक्त आचार्यलाइ चिनाउने अभियानले आजसम्म निरंतरता पाइरहेको छ। पुस्तौ पुस्ता संम्म पाइरहोस्। नेपाल र नेपालीहरूका लागि खुसीको कुरा हो। हामी जो भानुभक्तकै थातथलोमा जन्मेर हुर्केका छौ। भानुभक्तलाइ पनि ढिलै भएपनि तनहू जिल्ला नामाकरण गरिएको भूभाग भित्रै भानुभक्त जन्मिएका हुन भन्ने सगौरव हामी तनहूबासीलाइ भइरहेको छ। सिमानावीदहरूले जिल्लाको नमाकरण गर्दा अर्कै भुगोल भित्र पारिदिएको भए आजसम्म तनहूले प्राप्त गरेको गौरव हामीले कहां पाउथ्यौ र ! जे होस हामीलाइ गौरव छ। बाल्मिकी रामायण बाल्मिकी कै रूपमा रहेको भए न भानुभक्त भानुभक्त हुन्थे न नेपाली भाषाको एकिकरण हुन्थ्यो। न रामायण भित्र रचिएका कथाहरू स्वस्फूर्त रूपमा बाहिर आउथे। अहिलेकै झै धार्मिक प्रवचनमा मानिस जम्मा गरेर रामायणका कथा सुन्नु पर्ने अबस्था पनि आउन सक्थ्यो। त्यसैले भानुभक्त प्रति सदैव श्रद्धा रहिरहेको छ र रहिरहने छ।


देखिएका भानुभक्त


२१० बर्ष अगाडी जसले भानुभक्तलाइ देख्यो र नजिकबाट साक्षातकार भयो र दिक्षीत भयो। त्यो पुस्ताले भानुभक्तसंग प्राप्त गरेका राम्रा नराम्रा अनुभव दुवै पक्ष लेखिएर आउनु पर्थ्यो। राम्रा पक्ष मात्र लेखिए जस्तो लाग्छ। भानुभक्तलाइ चिन्न दुवै पक्ष आउन जरूरी थियो। किन भने नराम्रा आनीबानी ब्यबहार रहेछ भने सुध्रिएर भानुभक्तका रूपमा आईपुग्दाका क्षणहरू अझ प्रेरणादायी बन्न सक्ने थिए।


यसरी पनि असल बन्न सकिदो रहेछ भन्ने प्रेरणा प्राप्त हुन्थ्यो। अहिले भानुभक्तलाइ सुन्नेहरूले पनि प्रेरणा प्राप्त गर्थे। त्यो पाटोलाइ अहिले सम्म शब्द सुचिमा राखिएन र अन्धकारमा नै रह्यो। राम्रा र असल थिए भने सुरूदेखिनै असल यसरी बनिदो रहेछ असल हुनुको परिणाम ले बाल्मीकि रामायणलाइ भानुभक्तिय रामायणका रूपमा रूपान्तरण गरेर मानिसको जनजिब्रो समम्म पुर्याउन सकिदो रहेछ भन्ने प्रेरणा पनि प्राप्त हुन्थ्यो र त्यहि प्रेरणा हामीमा प्राप्त भएको हो । केही पक्षहरू आजसम्म पनि अन्धकारमा नै रहे।


भानुभक्त किसान पनि हुन खेतमा जादा सांधसिमाना र पानि कुलोका बारेमा रानाभाट परिवार संग झगडा गरेको बिषय र गजाधर सोतीको धर्मपत्निलाइ गालिगरेको प्रसंगले भानुभक्त कस्ता स्वभावका थिए भन्ने प्रसंगहरू पनि भेटिन्छन। यद्धपि भानु भक्तिय रामायण र भाषा एकिकरण गरेका भन्ने अर्थमा भने भानुभक्तले आफ्ना बिषद धब्बा भने मेटाउन सफल भए। गजाधर सोती र रानाभाटको प्रसंगले भानुभक्तको एउटा पाटो खुम्चिएर बस्यो। देखिएका भानुभक्तलाइ पनि लुकाउने काम भयो। इतिहासले जहिल्यै पनि सत्य प्रकट गर्दैन भन्ने दृष्टान्त हो भानुभक्तको घर ब्यबहारको पाटो।


लेखिएका भानुभक्त


भानुभक्तले जे लेखे त्यो तत्काल छापिने अबस्था पनि थिएन पढने अबस्था पनि थिएन। भानुभक्तले के के लेखे होलान कति लेखे होलान। तर उनको प्रख्याति भने बाल्मिकी रामायणको अनुबादकका रूपमा बधुशिक्षा र घांसीको संबादबाट धेरै पाए। के भानुभक्तले अरू केहि लेखेनन त ? कि लेखिएका बिषयहरू राम्रा थिएनन ? भानुभक्तलाइ चिन्नकालागि उनका उज्याला र अध्यारा पक्षलाइ साक्षातिकरण गर्नु पर्थ्यो।


भानुभक्तको बास्तविकलाइ बुझ्दा अहिलेका चित्रका भानुभक्त भन्दा पनि चूंदीरंम्घाका फांटहरूमा हिडिरहने भानुभक्त, पानी कुलोमा धाइरहने भानुभक्त, मावली र ससुराली गइरहने भानुभक्त, कहिलेकाही खेतबारीमा सांधसिमाना मिचिएका निउमा झगडा गर्ने भानुभक्त, बासबस्न नपाएको रिसमा गजाधर सोतीको धर्मपत्निका नाममा गालिको अर्थमा लेखिएका कविताका भानुभक्त पनि आएको भए भानुभक्तलाइ चिन्न अझ कति सजिलो हुन्थ्यो होला।


सबै सुन्दरकाण्ड जस्तै गरेर सुन्दर पक्ष्यलाइ मात्र देखाएर जसरी उजिल्याउने काम भयो त्यस अभियानले भानुभक्त प्रति अन्याय गरेको ठहर्छ। धन्नजय आचार्यबाट प्राप्त शिक्षा र दिइएका ज्ञानबाट नै आजका भानुभक्त भएका हुन त ? कि थप शिक्षा लिए त्यो कुरा पनि अधुरो नै रह्यो। इतिहांस सत्य नै हुन्छ भन्ने हुदैन। थोरै बिषयबस्तु धेरै बढाइचढाइ इतिहांसको लेखनी हो। इतिहांस लेख्ने ब्यक्तिमा भरपर्ने कुरा पनि हो। भानुभक्तको जीवनको आधा पाटो लेखिएन। भानुभक्तलाइ पूर्ण सम्मान गर्न सकिएको छैन जस्तो लाग्छ।


पढिएका भानुभक्त


भानुभक्तको ५४ बर्षको उमेरमानै मृत्यू भयो। छोटो उमेरमा नै उनले दिनुपर्ने कुरा दिए। अलि समय बांचेका भए आजको पुस्ताले अरूधेरै कुरा र बिषयहरू पढ्न पाउथे वा थाहा पाउथे होलान्। ससुराली र मावलीमा जादांका केवल दुइ कुरा मात्र बाहिर आए। घांसी र गजाधर सोतीको घर ती त बाटोमा उपलब्ध बिषय थिए। ससुरालीको रजगज र मावलीको सानका बारेमा खै कतै लेखिएन।


हातमा कलम र कपि लिने भानुभक्त ससुराली र मावली बस्दा केहि पनि लेखेनन् होलान त? लेखे तर ती बिषय कि राम्रा भएनन् कि छुटे। समय सन्दर्भले भानुभक्तबाट प्राप्त कृति जुन जनजिब्रोमा बस्यो त्यसलाइ बेस्सरी लिपीबद्ध गरियो। तर सवै लेखिएका बिषयहरूले जनजिब्रोमा प्रवेश पाउने परिस्थिति नबन्न पनि सक्छ। लिपिबद्ध गरिनेहरूद्धारा मन पर्ने बिषयहरूलाइ मात्र प्रकाशनमा ल्याइयो होला। आजसम्म भानुभक्तका बारेमा जे जति बिषयहरू प्रकाशनमा ल्याइयो ती नै बिषय र सन्दर्भहरूलाइ मात्र पढ्दै आइयो।


भानुभक्तलाइ जसरी चिनाउन खोजियो,त्यै पढ्यौ त्यसरी नै भानुभक्तलाइ चिन्यौ। दुख सुख धन दौलत र गरिवीका कुराहरू पनि थिए होलान। तर ती बारेमा खुलस्त हुन सकेका छैनन्। भानुभक्तका कृतिहरू पढ्दै भानुभक्तलाइ पुस्तान्तरण गरिदै आइरहेका छौ। यसले आजको बदलिदो समाजमा कहिले सम्म स्थान पांउछ त्यो पर्खिने बिषय भयो। बी पी कोइरालाको इतिहास त्यति लामो छैन। बी पी का अनुयायीहरू देशभर छन। साहित्यमा छन, राजनीतिमा छन तर पनि बी पी कोइरालालाइ नचिन्ने पुस्ता समाजमा आइसक्यो भने हाम्रा विभूति हरूलाइ चिनेर ,पढेर कहिले सम्म सम्मान गर्न सक्छौ।


जवसम्म दृश्यमा हामीले चिनाउने कोसिस गर्दैनौ , तव सम्म पढेर मात्र भानुभक्तको निरंतरता दीर्घकालिक हुन गाह्रो हुन्छ। जन्मस्थल चूंदी रम्घा र घांसीकुवा नमेटिने स्थल हुन भानुलाइ सम्झने तर यस्तै गहिरो सम्झना आइरहने कुराहरू के के छन् भन्ने बिषयका बारेमा के खोज र अनुसन्धान भएको छ ? मैले जानकारी प्राप्त गर्न सकेको छैन। लहडमा एउटा फिल्म बनाइयो। प्रोडुसरलाइ घाटा भयो छोड्यो। फिल्म बनाउदा तयार गरिएका संरचनाहरूले पनि धेरैलाइ पढाउन सक्नु पर्थ्यो। त्यसैले पढेर चिनिने भानुभक्त कस्ता रहेछन भन्ने बिषय पनि रहश्यमै रह्यो।


सुनिएका भानुभक्त


भानुभक्तको २१०औ जन्मजयन्ति मनाइ रहदा ५/६ बर्ष उमेरका र भरखरै जन्मेका बालबलिकाहरूले भानुभक्तलाइ कसरी चिन्ने छन ? नेपाल अहिले डरलाग्दो बसाइसराइको चपेटामा छ। बसाइसराइ कति अस्थाइ छन ,कति स्थाइ छन्। एउटा बर्ग जिउ ज्यान र परिवारका निम्ति कामदारका रूपमा खाडी लगायतका मुलुकमा पुगेका छन। अर्को बर्ग पढाइको निहुमा ठूला र सम्पन्न मुलुकमा पुगेका छन्। अर्को बर्ग गरिवीले अशिक्षाको चपेटामा छ।


अर्को बर्ग राजनितिको दुश्चर्कमा फसेको छ। कसरी धन कमाउने भन्ने सोचमा छ। बिदेशिएकाहरूको स्वेश फर्कने परिस्थिति बिस्तारै कम्जोर हुदैछ। स्वदेश भित्र रहेकाहरूको सोच भानुभक्तका बारेमा औपचारिकतामा बांचेको छ भने भानुभक्तलाइ कस्ले सुन्ने र कसले कसलाइ सुनाउने ?अनि सुनाइएका भानुभक्त पुस्तान्तरण हुदै जादा कस्ता हुनेछन्। सुनिने भानुभक्त बिशेष गरि भारतका पूर्बीय क्षेत्रमा पाइन्छन्। त्यसरीनै बर्माका केहि गांउहरूमा सुनिन्छन्। त्यस्तै परिस्थिति संसारभर बसाइसराइ गरेर गएका मानिस


र समुदायहरूमा पनि पाइन सक्छ। भरखरै मात्र अमेरिका स्थित नर्थ क्यारोलिना राज्यमा भानुभक्तको जन्मजयन्ति मनाइयो। उपस्थिति राम्रो भए पनि भानुभक्त को हुन ? किन जन्मजयन्ति मनाइरहेका छौ ? भन्ने बिषयको उठान नै भएन। भानुभक्तको जन्मदिनलाइ सम्झनका लागि बालबालिकाहरू बीच वक्तृत्व कलाको प्रतिश्प्रधा पनि गराइएको थियो। तर बिषय भानुभक्तको थिएन।


उनिहरूको वक्तृत्व कलाको शीर्षक थियो। किताव मेरो साथी ,


हाम्रा हजुरबा र आमा। हामी हाम्रा बालवालिकाहरूलाइ आज भानु जयन्ति मनाइ रहेका छौ भनेर सुनाइ रहेका थियौ। वक्तृत्व कलामा भागलिएर भानुजयन्तिका अवसरमा मैले यो पुरस्कार पाए भन्नु भन्दा अरू केहि भएन। अनि भानुभक्तलाइ सुनेर बस्ने पुस्ताले पछिल्लो पुस्तालाइ के सिकाउला। त्यसैले अझै पनि हामी औपचारिकतामा छौ।


सरकारी दायित्व


कला संस्कृति र बिभूति हाम्रा सम्पन्नता हुन ,धन हुन्, गहना हुन ,सम्पदा हुन र राज्यका महत्पूर्ण अंग हुन। कला संस्कृति र बिभूति विनाको राष्ट्र हुनै सक्दैन। राष्ट्रको संरक्षण बिना कला संस्कृति बांच्न र सम्पन हुन सक्दैन। त्यसैले भानुभक्त कला हुन संस्कृति हुन र सम्पदा हुन। भानुभक्तका कारण घांसीको उदय भएको छ। भानुभक्तका कारण भाषाको एकिकरण भएको छ।


भानुभक्तकै कारण नेपाली भाषाका शब्द र शैलीहरू निर्माण भएका छन। साहित्य उर्वर भएको छ। त्यसैले भानुभक्तका प्रति सरकारी दायित्व के हो ? के हुनु पर्ने हो? तनहूकै शिक्षा मन्त्री भएका बखत चूंदीरम्घा स्थित भानु प्रतिस्ठान स्थापना गरेर भानुभक्तका बारेमा खोज र अनुसन्धान गर्ने बाताबरण बनेको थियो। केहि रकम पनि छुट्याइएको थियो। त्यसलाइ निरंतरता दिने काममा पनि सरकार सचेत छैन भने सरकारी तवरबाट भानुभक्तको ब्यक्तित्व संरक्षणमा चालिएका कदम पर्याप्त छैनन। भानुभक्तलाइ कसरी चिनाउने? कुन उचाइ प्रदान गर्ने? भन्ने बिषय सरकारको दायित्व भित्र पर्ने बिषय भयो। सामान्य नागरिक समुदायको दायित्व भनेको सरकारी आकृतिमा लेप लगाउने कुरामात्र भयो।


भानुभक्त र घांसीको प्रसंग


सरकारी दायित्व भित्र पर्ने महत्वपूर्ण कुरा खोज र अनुसन्धान हो। भानुभक्त र घांसीको सम्बन्ध र चिनारी पनि हो। सरकारले बिवादित बिषयहरूलाइ निष्कर्षमा पुर्याउनु पर्छ। सत्य कुरा समाजलाइ दिनु पर्छ। भानुभक्तलाइ चिनिए पनि घांसी को थिए ? कुन समुदायका थिए ? भन्ने सरकारी धारणा अहिले सम्म आउन सकेको छैन।


प्रचारात्मक रूपमा चामु पन्थको नाम सुनिन्छ भने घांसीकुवा स्थित भानुभक्त संगैको घांसीको शालिक अर्कै समुदायका मानिसको राखिएको छ। अन्योल यथावत छ। घांसीले खनेको कुवा कत्रो थियो र भानुभक्तलाइ प्रेरणा दिने खालको थियो थिएन ?त्यस समयमा घांस बिक्थ्यो बिक्थेन ? खनाल,कैनी ,पन्थ, दराइ ,कुमाल र नहर्कीहरूको बसोबास भएको क्षेत्र भएकोले ती सबै समुदाय बीचमा भानुभक्त र घांसीका बारेमा के धारणा छ ?


बुझेर समाधान दिनु पर्छ भन्ने बिषय उठिरहेको छ।यद्धपि अहिले नहर्कीहरूको बसाइ धेरै पर सरेको छ भने कुमालहरू त्यहाबाट बिस्थापित भैसकेका छन् । यो प्रसंगलाइ लेखकले आफ्नो धारणा प्रकाशित गरि सकेकोले अहिले यतिमै छोडौ। तर समाजलाइ सधै अन्योलमा राख्न हुदैन। यसरी नै अन्योलतामा अगाडि बढिरहने हो भने पावर ,पहुंच र बल भएकाहरूले घांसीको पगरी गुत्थने छन। भानुभक्त र घांसीको इतिहास झुटो लेखिन सक्छ। त्यसैले इतिहास झुटो पनि हुन सक्छ भनिएको हो। अन्योलता चिरेर सत्य दिन सकियो भने जाति ,समुदाय र राष्ट्रको उत्थानमा सहयोग पुग्छ भन्ने कुरा पनि सरकारले बुझ्नु पर्छ।


(तनहूंका लेखक हाल अमेरिकाको नर्थ क्यारोलिनामा छन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist