११ साउन, काठमाडौं । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए ।
‘लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । केहीबेरमा राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने छ ।
सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।’ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो ।