काठमाडौँ ९ साउन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशनले शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।केन्याको राजधानी नैरोबीमा भएको महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा वरिष्ठ उपाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, उपाध्यक्ष मिरा गिरी, महासचिव रवि जैन, सचिव प्रभाकर भण्डारी, कोषाध्यक्ष दीपक अधिकारी सहकोषाध्यक्ष कमलराज अधिकारी, महिला संयोजक कल्याणी कडेल, युवा संयोजक किसन रुथ रहेका छन् ।
त्यस्तै सदस्यहरु राजन अधिकारी, सन्तोष कँडेल, राजेश चौधरी, विष्णु भुसाल, गणेशबहादुर कामी, अविकाप्रसाद भण्डारी, मदन श्रेष्ठ, आनन्द आलोक यादव रहेका छन् । अधिकारीको नेतृत्वको पहिलो कार्यसमितिको बैठकले संरक्षक र सल्लाहकार समिति गठन गरेको छ । संरक्षकमा कुलबहादुर कार्की र यादवप्रसाद काफ्ले रहेका छन् । सल्लाहकार क्रमशः कृष्णदत्त भट्ट, मानबहादुर कामी, लक्ष्मी बुलुन र कुष्णप्रसाद भण्डारी रहेका छन् ।