साउन, ६ पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा उम्मेदवार कसलाई बनाउने भन्ने विषय कांग्रेसभित्र ठूलो समस्या रहेकाे वताएका छन् । शनिबार पोखरामा कास्की कांग्रेसले आयोजना गरेकाे ४१ अाै वी.पी स्मृति दिवसकाे अवसरमा ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले साे कुरा वताएका हुन् ।
अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राखे । स्थानीय तहको निर्वाचन घोषणापत्रमा कांग्रेसले ‘अबको यात्रा र एजेन्डा ः समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ”, थापाले भन्नुभयो, “जनताको भावना र राजनीतिक शक्ति सन्तुलनअनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजका रूपमा रुपान्तरण गर्न नेपाली कांग्रेस अगाडि बढ्नपर्छ ।”
कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए ।
नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भन्नुभयो, “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका नाै लाख सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा जाेडिने र सुखदुःखमा साथ दिन पनि उहाँले नेता कार्यकर्तालाइ अाग्रह गर्नुभयो ।
कृषि प्रणालीलाई व्यवस्थित गरी उद्यमशीलता, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम सञ्चालन गर्न उहाँले स्थानीय तहलाई सुझाव दिनुभयो ।
प्रत्येक गाउँपालिकामा कृषि सामग्री, बीउ, मल, नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिका लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलको स्थापना तथा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि उत्पादन वृद्धिका लागि सिँचाइ र बजार व्यवस्थापनका साथै सम्भावना भएका वडाको पहुँच पुग्ने व्यवस्था गर्न उहाँले सुझाव दिनुभयो ।
सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले कृषि उत्पादन वृद्धि गर्न सरकारले प्राथामिकताका क्षेत्र स्पष्ट पारी समावेशी र उत्पादनमुखी कृषि प्रणालीको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले उदारीकरण नीति ल्याएर आम नागरिकको जीवनस्तर उकास्नुपर्नेमा जोड दिनुभयो । उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा सहजिकरण राजेन्द्र वावु तिवारीले गर्नुभएकाे थिएाे ।