Latest
अर्को
Prev

फिर्केको खोलाघर सिमांकन गर्दै पोखरा महानगर

सेयर गर्नुहोस

पोखरा, ३ साउन


पोखरा महानगरपालिकाले फिर्केखोलाको सिमांकन सुरू गरेकाे छ । याे सगै अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको पुरानो आकार खोज्न प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने थालेकाे छ।


महानगरले बुधबारबाटै अतिक्रमणमा परेकाे फिर्केखोलाको काम सुरु गरेकाे मेयर धनराज आचार्यले बताए । बुधबार देखी २ टिम फिल्डमा खटिएका छन् । फिर्केखोलाको अन्तिमविन्दु गाईघाटदेखि खोलाको वास्तविक बाटो खोज्न थालिएको हो । त्यसका लागि २०३२ सालको नक्सालाई आधार मानिएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार हाल खोलाको मापदण्ड नभई खोलाघर मात्रै सिमांकन गर्न थालिएको हो ।


मापदण्डबारे विवाद रहेकाले सुरुमा फिर्केखोलाको पुरानो आकारको मात्रै खोजी उनले बताए । फिर्के सीमांकन समितिका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने बताए । फिर्के खोला ३ मिटर देखी ४० मिटर चौडा रहेको छ ।


पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर प्रस्याङ, मालेपटन, मासबार हुदै फेवातालमा मिसिएको छ । पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु हुने ८ किलोमिटर लामो फिर्केखोलाको मापदण्ड ६्।६ मिटर भनि पाेखरा उपत्यका नगर विकास समितिवाट २०७१।१।२४ गते काे १३७ अाै वैठकवाट निर्णय भएकाे छ । तर मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिने क्रम निरन्तर भएकाे छ ।


फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने महानगरको योजना रहेकाे मेयर अाचार्यले वताए । एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा फिर्केखोला सौन्दर्यकरण समावेश गरिने मेयर आचार्यले जानकारी दिए ।


‘त्यसको दायाँ–बायाँ साइकल लेन, फुट ट्रेल बनाउने, लाइट राख्ने, ठाउँठाउँमा चेक ड्याम बनाउने, रातिको बेला पनि सुरक्षित तरिकाले हिंड्न मिल्ने बनाउने समेत मेयर आचार्यले जानकारी दिए ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist