Latest
अर्को
Prev

आत्मनिर्भर बनाउन महिलालाई सीपमुलक तालिम

सेयर गर्नुहोस

३ असार पाेखरा। पोखरा महानगरपालिका– १२ नम्वर वडा कार्यालयले आत्मनिर्भर बनाउन १८ जना महिलालाई सीपमुलक तालिम प्रदान गरेको छ । वडा कार्यालयद्धारा विनियोजित बजेटबाट महिला दिदिबहिनीहरुलाई तीन महिने व्युटिसियन तालिम संचालन गरिएको हो ।


बुधबार तालिमको समापन गर्दै वडाध्यक्ष सन्तोष बास्तोलाले महिलाहरुको आय स्तर उकास्नको लागि अझै एड्भान्स तालिमहरु संचालन गर्ने बताए । ‘यो भन्दा अझै फरक खालको तालिम दिने योजना छ । फुर्सदिला महिलाहरुलाई सीप सिकाएर आम्दनी बढाउने हाम्रो उदेस्य हो । त्यसैले समयलसमयमा यस्ता तालिमहरु संचालन गर्छौ,’ उनले भने ।


वडा कार्यालयले यस अघि पनि महिलाहरुको लागि सिलाइ कटिङ तालिम संचालन गरिसकेको छ । कार्यालयको करिव तीन लाख रुपैयाको बजेटबाट व्युटिसियन र सिलाइ कटिङ तालिम दिइएको हो ।


सीप सिकाएर आर्यआर्जन गर्न सघाउ पुगोस् भन्ने उदेस्यले तालिम दिइएको कार्यक्रम संयोजक तथा वडा सदस्य शाान्ति कोइरालाले बताइन् । तालिममा वडाका १८ देखि ४५ वर्ष सम्मका महिलाहरुको सहभागीता रहेको थियो । यस्ता खालका तालिमहरु वडाका महिलालाई आवस्यक रहेको सहभागी इन्दिरा कोइरालाले बताइन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist