पाेखरा २३ असार ।
मादी गाउपालिका वडा न ६ तप्राङ भेडिखर्कमा असार १९ गते गएकाे भिषण पहिराेकाे कारण विस्तापित परिवारलाइ शनिवार एक कार्यक्रमकाे अायाेजना गरी राहत वितरण गरिएकाे छ ।
मादी गाँउपालिकाकाे अध्यक्ष देवि जंग गुरूङकाे अध्यक्षतामा भएकाे कार्यक्ररममा प्रमूख अतिथी गण्डकी प्रदेस सरकारका माननिय सांसद वेद वहादुर गुरूङले पहिराे पिडितकाे सुख दुखमा सदैव साथ र सहयाेग गर्ने प्रतिवद्ता व्याक्त गर्नु भएकाे थिएाे ।
मादी गाँउपालिका वडा नं ६ का अध्यक्ष डिल वहादुर क्षेत्रिले घट्नाकाे विषयमा जानकारी गराउनु भएकाे थिएाे भने कार्यक्रमका अध्यक्ष देवि जंग गुरूङले पिडामा परेका दाजु भाइ दिदी विहिनिलाइ गाउपालिकाकाे तर्फवाट प्रारम्भिक चरणकाे राहत दिदै राहत रकम सानाे भए पनि यसले पिडित हरूलाइ राहत मिलेकाे वताए अागामी दिनमा पनि गाँउपालिकाले सहयाेग गर्दै जाने वताए ।
पिडित परिवारलाइर जिल्ला प्रशासन कार्यलयकाे तर्फवाट कमलपति वराललाइ ९५ हजार , दिपक वराललाइ ७० हजार ,सम्सेर पाण्डे क्षेत्रीलाइ ४५ हजार भगवान सिहं गुरूङलाइ ३५ हजार विष्णु मायाँ घर्ति ३५ हजार कृष्ण प्रसाद देवकाेटा २५ हजार मेख राज गुरूङ ७५ हजार का दरले सयुक्त रूपमा राहत वितरण गरिएकाे थिएाे ।
कार्यक्रममा मादी गाँउपालिकाका उपाध्यक्ष कल्पना गुरूङ जिल्ला प्रशासन कार्यालयका प्रशाशकिय अधिकृत दिपक रेग्मी मादी २ का अध्यक्ष भाेज वहादुरगुरूङ वडा नं ७ का दुर्गा वहादुर गुरूङ, ११ का चलचित्र गुरूङ र १२ का कृष्णराज दहाल वडा सदस्य शान्ति क्षेत्री, भूमि प्रकाश गुरूङ लगायतकाे उपिस्थती रहेकाे कार्यक्रमकाे सञ्रचालन मादी गाँउपािलकाका प्रमूख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले गर्नुभएकाे थिएाे ।
काहुँखाेला सिक्लेस सडक छिट्टै सञ्रचालन हुने गुरूङ
मादी गाँउपालिकाकाे अध्यक्षा देवि जंग गुरूङले पहिराेकाे कारण राेकिएकाे काहुँखाेला सिक्लेस सडककाे पहिराे हटाउने काम भैरहेकाे र एक दुइ दिनमा नै सडक सूचारू हुने वताउनु भएकाे छ । साे कुरा अध्यक्ष गुरूङले तप्राङमा अायाेजना गरिएकाे राहत वितरण कार्यक्रममा वताउनु भएकाे हाे । शनिवार नै पहिराेकाे जाेखिम माेलेर राहत वितरण टाेलि तपाङ गएकाे थिएाे ।