Latest
अर्को
Prev

सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस

पोखरा, १५ असार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले बैठकले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


उनले अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्तमा रहेका हाम्रो लागि सघीय शासन प्रणाली नौलो अभ्यास भएको बताए । संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सघीय शासन प्रणालीको सुसञ्चालन चुनौतीपूर्ण रहेको बताए । प्रधानमन्त्री दाहालले तीनै तहमा चुनिएर आउएका जनप्रतिनिधिहरू सीमित स्रोतसाधन साथ विकास निर्माणका लागेको बताए ।


उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको बताए । प्रधानमन्त्रीले संघीयता कार्यान्वयनसम्बन्धी करिब ८० वटा ऐनहरू निर्माण तथा १६५ वटा कानूनहरू संशोधन भएको बताए । उनले राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक गण्डकी प्रदेशको राजधानी पोखरामै भोली हुने बताए ।


उद्घाटन कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशले अधिकार नपाउदा काम गर्ने अप्ठेरो भएको बताए । उनले सुरक्षा, शिक्षा, जग्गा प्राप्ती लागएतका काममा अप्ठेरो परेको बताए ।


बैठकमा सहभागीहुन ६ प्रदेशका मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव सहभागी छन् । बैठकमा अन्तर प्रदेश सिकाई आदान प्रदान गर्ने र संघीयता कार्यान्वयनमा साझा धारणा निकालिने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । बैठकमा कोशी प्रदेशमा मुख्यमन्त्री भन्ने आएका छन् ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist