Latest
अर्को
Prev

ग्राहकहरुको रोजाइमा नेपाली खानाको स्वाद काहुँ डाँडा रेष्टुरेन्ट टापु

सेयर गर्नुहोस

पाेखरा २ असार ।


हरेकको मनमा एउटा सपना हुन्छ । वा भनौ मनले सपना कोरल्छ । कोरलिएका सपनाहरु हुर्कन, बढ्न अनि पल्लवित र पुष्पित हुन संयोग जुटनुपर्छ । यस्तै यहाँ एक युवाको मनका कुनामा कोरलिदै, हुर्किदै र बढ्दै गरेका सपना संयोग जुटेपछि अघि बढ्दैछ । उद्यमशील युवाले आफू केही गर्ने, आत्मनिर्भर बन्ने र अरुलाई रोजगारी दिने अभिप्रायले खोलेको काहुँ डाँडा रेष्टुरेन्ट टापु  (नेपाली खाना सहितको रेष्टुरेण्ट) ले अहिले पोखरा र असपासका क्षेत्रका ग्राहकको मन जित्दै ग्राहकको रोजाई र केन्द्रमा पर्दै गएको छ ।


पोखराका नारायण अधिकारीले कोरोना महामारीसँगै पर्यटन थला परेको र व्यावसाय क्षेत्रमा थप केहि सुधार गर्ने अठोट लिइ पोखरा ११ काहुँडाडाँमा करिव ३ रोपनि जग्गामा काहुँ डाँडा रेष्टुरेन्ट टापु शुरु गरेका हुन् ।  यस क्षेत्रको वस्ती दिनहुँ जसो घना बन्दै गएको परिप्रेक्ष्यमा त्यस ठाउमा ग्रहकको  चहाना देखिएकोले नेपाली खाना पाउने होटलको आवश्यकता महसुस गरी पोखरा ११ मा काहुँ डाँडा रेष्टुरेन्ट टापु शुरु गरिएको यसका सञ्चालक बताउँछन् । पोखरा ११ को मनोरम रमणीय पोखराको दृश्य हेर्न सडक कालोपत्रे भएसगै  सो क्षेत्रमा बढ्दो वस्तीले पनि यो क्षेत्रलाई आकर्षक र गुल्जारयुक्त बनाएको छ ।


रेष्टुरेन्टको मुख्य विशेषत भनेको नेपीली खाना नै हो । शाकाहारी स्वादसहित मासहारीका विभिन्न लोकल कुखुरा, खसीको मासु, ढिडोसहितको माटोको चुल्होमा दाउरामा पकाएको नेपाली स्वादको खानाले ग्राहकको मन जितेको सञ्चालकको दावी छ । म.म, पिज्जा, मटन पक्कु, कट्टिया, झोल मम, ग्रिल चिकेन लगायतका फास्टफुड बच्चाबच्ची र युवा ग्राहकको रोजाईमा परेको रेष्टुरेन्टको भनाइ छ ।    


अधिकारीले  आम्दानी र आत्मनिर्भरताको लागि ६ वटा कोठा र सेमिनर हल सहित साढे तिन करोड लगानीमा खुलेको यहाँ आफूले मात्र हैन प्रत्यक्ष अप्रत्यक्ष १२ जनाले रोजगारी पाएका छन् । पोखरा र आसपास लगायतवाट विभिन्न ठाउँबाट ग्राहकहरु पुग्छन् । “ मन्दी खासै छैन, पारिवारिक टाइपको होटल रेष्टुरेण्ट हो, शान्त र पारिवारिक अनि साथीभाई र समुहमा वस्न र रम्ने सकिने वातावरण छ, एकचोटि आउने ग्राहक अर्कोचोटि आउँछ”, यसरी गुल्मीवाट ६ महिना अघि आएका धुर्व कुवँर पोखरा आउदा काहुँ डाँडामा रहेकाे टापु नै रोज्ने गरेको उनले वताउछन किनभने यहाँ पारिवारिक तथा नेपाली स्वादमा पाइने शान्त वातवरण छ  ।


पोखराको रमणिय र काहुँ डाडाँ जाने मध्ये भागमा रहेको टापुवाट पोखरा र आसपासको रमणीय दृश्य जो  कोहीलाइ देख्न र त्यहाँ रहेका अकर्षक  कुर्चि टेबल वा विभिन्न कक्षका सजावट युक्त्त सामानहरु मात्रले होइन  भित्तामा राखिएका पोष्टर, फोटो पुराना गाँउघरमा भएका ढिकी, जाँतो, मधुस रेडियो, स्याखु, खुरपेट जस्ता लोप हुदै गएका पुराना कला सस्कृति झल्कने सामाग्री र त्यहाँ भित्तामा कुदिएका चित्रकलाले यहाँको वातावरणलाई थप रमाइलो बनाइदिएको टापु रिसोर्टमा स्याङ्गजावाट नेपाली स्वाद लिन आएका अतिथी सुरेश रेग्मीले वताउछन् । रेग्मी जस्तै स्याङ्गजा भिरकोटवाट अएका अर्का अतिथी रुद्र ढुगाना पनि एक पटक अवश्य टापु गएर दाउरामा माटोको तिन मुखे चुल्होम पकाएको नेपाली स्वादको खानाको स्वाद लिनै पर्ने वताउछन् । 


वर्थडे, विहे, इन्गेजमेन्ट सहितका पार्टी मात्र हैन परिवार, दुईचार वा २०÷२५ जनाका समूह समूहका साथीभाई जम्मा भएर पनि यहाँ खानपीनको रमाईलो गर्न सकिने ठाउँ प्रशस्त रहेको सञ्चालक अधिकारी  बताउँछन् । त्यसको लागि हरेक शुक्रबार र नयाँ वर्ष जस्ता विशेष चाडपर्वका अवसरमा यहाँ लाईभ म्युजिक पनि हुन्छ । “शुक्रबार, शनिबार, नेपाली÷अंग्रेजी नयाँ वर्ष र विभिन्न चाडपर्वमा हाम्रो होटलमा राम्रो भीडभाड हुन्छ, क्रेज राम्रो छ”, अधिकारी थप्छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist