पाेखरा ।
नेपाली काग्रेस रुपा गाउ कार्य समितिले रुपा गाउँपालिकालाइ समद्ध रुपा वनाउन १५ वुदे ध्यानकर्षण पत्र वुझाएको छ । विहिवार गाउँपालिकाका अध्यक्ष नवराज आोझा र प्रमूख प्रशासिकय सन्ताेष ढुंगानालाइ नेपाली कग्रेस रुपा गाउपालिका सभापति विमलवावु न्याैपानेकाे नेतृत्वमा गएकाे एक टाेलिले रुपा गाउँपालिकाले दिने सेवा .र गाउँपालिकामा भएका विभिन्न गतिविधि र शिक्षा ,स्वास्थय, कृषि ,पर्यटन, क्षेत्रमा कुनै पनि उल्लेखनिय काम गर्न नसकेकाे विषय उल्लेख गरि समग्र रुपाकाे विकासमा ध्यानकर्षण गरेको छ ।
नेपाली काग्रेस रुपा गाउँपालिकाका सभापति विमल वावु न्याैपानेकाे नेतृत्वमा भएकाे टाेलीले सस्थागत सुधार, रुपा गुरुयाेजना निर्माण ,सार्वजनिक सम्पतीकाे सुरक्षा, आगामी याेजनामा नपरेका महत्वका याेजनाकाे विषयमा पनि ध्यानकर्षण भएकाे र रुपाकाे सर्वाङ्गिण विकासमा नेपाली काग्रेसकाे अग्रणी भूमिका रहेकाे काग्रेस नेता प्रकाश माेहन खनालले वताए । साथै टुक्रे याेजनालाइ भन्दा गाैरव र विशेष महत्वका याेजनालाइ प्रथामिकता दिन आग्रह गरिएकाे सभापति न्याैपानेले वताउनुभएाे ।
ध्यानकर्षण टाेलिमा काग्रेस नेत्री तथा गण्डकी प्रदेश सदस्य-अप्सरा श्रेष्ठ, महधिवेशन प्रतिनिधि गिमाया गुरुङ, प्रदेश प्रतिनिधि भुला के सी ,प्रदेश सह सचिब-बिष्णु गुरुङ ,वडा सभापति रुपा ६- का बलाराम गुरुङ, पालिका सदस्य-कमल आेझा ,काग्रेस नेता-नोयन्द्र गुरुङ, अर्जुन अधिकारी, गाउँपालिकाका पुर्व सभापति तुल ब गुरुङ सहितकाे टाेलिले गाउँपालिकाकाे ध्यानकर्षण गरेका थिए ।