Latest
अर्को
Prev

पत्रकार इश्वरी न्यौपानेद्धारा छात्रवृत्ति कोषको स्थापना, उत्कृष्ट बिधार्थीलाई पुरस्कृत गरिने

सेयर गर्नुहोस


जिरी (दोलखा) । बरिष्ठ पत्रकार एवँ समाजसेवी इश्वरी न्यौपानेले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ ।


बरिष्ठ पत्रकार न्यौपानले दोलखाको जिरी नगरपालिकास्थित जिरी माविमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । जिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका न्यौपानेले आफ्ना स्वर्गीय बुबा श्रीप्रसाद न्यौपानेको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गर्नुभएको हो । पत्रकार न्यौपाने, उहाँकी आमा पार्वती, श्रीमति कविता र बहिनी शुसिलाले जिरी माविका प्रधानाध्यापक कुमार जिरेललाई कोष स्थापनाकालागि एक कार्यक्रमका वीच आज सामूहिकरुपमा रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेल, उपप्रमुख  कृष्णमाया खड्का बुढाथोकी र बिद्यालयका पूर्व प्रधानाध्यापक केशवकुमार कार्कीको पनि उपस्थिती थियो ।


पत्रकार न्यौपानेले स्थापना गरेको कोषबाट प्राप्त रकमवाट कक्षा ११ मा सर्वोत्कष्ट हुने विद्यार्थीलाई वार्षिक १० हजार छात्रवृत्ति प्रदान गरिने जिरी माविका प्रधानाध्यापक जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कक्षा १२ मा अध्ययनका लागि थप सहयोग पुग्नेछ । जिरी माविका पूर्व बिद्यार्थी समेत रहेका पत्रकार न्यौपानेले स्वर्गीय बुबाको सम्मानस्वरुप कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीलाई पढाईमा थप सहयोग पुगोस् भन्ने उद्धेश्यले छात्रवृत्ति कोष स्थापना गरिएको बताउनुभयो ।


नेपालमा रहँदा लामो समय कान्तिपुर दैनिकमा पत्रकारिता गरेका पत्रकार न्यौपाने हाल सपरिवार अमेरिका बस्दै आउनुभएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist