पोखरा, ३० जेठ
फेवातालको सिरानको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । महानगरबाट गएको नगर प्रहरीको टोलीले दुई वटा डोजर लगाएर प्लटिङ भत्काएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
फेवातालको सिरानमा सिमसार पुरेर घडेरी बनाएका समाचारहरु आएपछि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगन टोलीमा कास्कीका प्रमूख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य अनुगमन गरेका थिए ।
उनीहरूले पनि सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो । घडेरी बनाएका कारण कतिपयको जग्गामा पानी जम्ने भएपछि आफुहरुले पनि पुर्न पाउनु पर्ने भन्दै नगरपालिका घेराउ गर्न पुगेका थिए ।