Latest
अर्को
Prev

क्यान्सर पीडित गुरुङलाई तनहुँ समाज हङकङको तीन लाख ७५ हजार सहयोग

सेयर गर्नुहोस

२९ जेठ, तनहुँ ।


भानु नगरपालिका १३ निवासी क्यान्सर पीडित जमुना गुरुङलाई तनहुँ समाज हङकङले तीन लाख ७५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोमबार दमौलीमा हङकङ समाज तनहुँका पुर्ब अध्यक्षहरु भिम बहादुर गुरुङ र जङ्ग बहादुर थापाले क्यान्सर पीडित गुरुङलाई संयुक्त रुपमा नगद हस्तान्तरण गरेका हुन् । उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले केही रकम क्यान्सर पीडित गुरुङलाई सहयोग गरेको पुर्ब अध्यक्ष भिम बहादुर गुरुङले बताए । थोरै भएपनि उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौ, उनले भने । आर्थिक सहयोग प्राप्त गरेपछि क्यान्सर पीडित गुरुङले खुशी ब्यक्त गर्दै हङकङ समाज तनहुँलाई धन्यवाद दिइन् ।


गुरुङलाई एक बर्ष अघि देखि ब्लड क्यान्सर भएको थियोे । समाजले सुरुमा २०७० मा छाब्दी बाराही मन्दिर र ढोरबाराही मन्दिरलाई १/१ थान घण्टी उपलब्ध गराएको थियो । त्यसपछि भुकम्पको समयमा पनि पटक पट्क गरि तीन लाख ५० हजार रुपैया सहयोग गरेको छ । त्यस्तै २४ ओटा विद्यालयलाई जस्ता पाता र नगद सहयोग गरेको पुर्ब अध्यक्ष गुरुङले बताए । हङकङ समाजले पत्रकार महासङ्गको भबन निर्माणमा समेत ७० हजार र भानु पुस्तकालयलाई ५ लाख सहयोग गरिसकेको छ । समाजले यस अघि मृगौला पीडित ८ जना र मुटु रोगी १ जनालाई पनि सहयोग हस्तान्तरण गरेको छ । त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट जिल्लाका ७ जना पत्रकारसमेत पुरस्कृत भै सकेका छन् ।


हङकङ समाज तनहुँले आर्थिक अवस्था कमजोर भै उपचारमा समस्या भएकाहरुलाई सहयोग गर्दै आएको पुर्ब अध्यक्ष जङ्ग बहादुर थापाले बताए । हङकङमा बसेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट नेपालमा सामाजिक कार्यमा सहयोग गर्दै आएका हौ, उनले भने । हङकङ समाज तनहुँले गरेको कार्य उदाहरणीय रहेकोे पत्रकार महासङ्ग तनहुँका पुर्ब अध्यक्ष प्रदीप काफ्लेले बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist