२२ जेठ, तनहुँ ।
पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनीको सत्रसयमा कालोपत्रे सुरु गरिएको छ । पोखरा-मुग्लिन सडक विस्तार अन्तर्गत आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको पोखरा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले बताए।
आँबुखैरेनी गाउँपालिका- १ स्थित सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ । दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न लागिएको हो । अयोजनाले पहिलो चरणको परिक्षण गरेर कालोपत्रे गर्न सुरु गरिएको हो ।
चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको छ, उनले भने । यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, पर्खाल लगाउने, भितो कटान तथा खाल्टा पुर्ने, पक्की पुल – तथा कल्भर्ट निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।