Latest
अर्को
Prev

पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्न हिमाल र हिमाली क्षेत्र२को संरक्षण आवश्यक छ : रास्ट्रपति पौडेल

सेयर गर्नुहोस


२० जेठ, काठमाडौ ।


राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औल्याएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटमा पौडेलले सो धारणा राखेका हुन् ।


सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनिकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको छ, उनले भने ।


विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो। नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उल्लेख गर्दै रास्ट्रपति पौडेलले सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायलेनै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist