पाेखरा २० जेठ ।
लाेकतान्त्रिक निकट इन्जिनियर समुह सेन्टर फर डेमेक्रेटिक इन्जिनियर एसाेसिएसन (सिडेन) गण्डकी प्रदेसले इन्जिनयरहरुकाे लागि क्षमता अभिमुखिकरण कार्यक्रम गर्ने भएकाे छ ।
(सिडेन)गण्डकी प्रदेशले इन्जिनियर पास भयका र नेपाल ईन्जिनियर काउन्सिल बाट विभिन्न बिधामा इन्जिनियरको लाइसेन्स प्राप्त नगरेका ईन्जिनियर हरुलाइ लक्ष्यीत गरी जेष्ठ २७ गते पाेखरामा लाइसेन्सका लागि एक दिनेअभिमुखिकरण कार्यक्रमकाे आयोजना गरेकाे (सिडेन) गण्डकीका अध्यक्ष ई.वृजेन्द्र केसीले वताउनुभयाे । साथै केसीले समयानुकल ईन्जिनियर हरुलाइ यस्ता कार्यक्रमवाट पेशा प्रति थप अाकर्षण वढ्ने भएकाले कार्यक्रमकाे अायाेजना गरिएकाे वताए ।
लाइसेन्स प्राप्त नगरेका तर इन्जिनियर पास भएका गण्डकि प्रदेशका करिव ३०० इन्जिनियर सहभागी भइ प्रत्यक्ष रुपमा लाभन्वित हुने सचिव ई.विशाल थापाले वताउनु भयाे । यस किसिमकाे कार्यक्रमले मुख्यतय लाइसन्स परिक्षालाई सहयोग हुने र समग्र ईन्जिनियरिङ पेसा लाईनै दक्षता अभिबृद्धी भइ कार्यकुसलतामा नै सहयोग पुग्ग्ने (सिडेन) गण्डकी प्रदेसका सदस्य ई. सुमन शर्माकाे भनाइ रहेकाे छ।
कार्यक्रममा सहभागी हुन इच्छुक इन्जिनियरहरुले काेषाध्यक्ष ई.अनिल मणि भण्डारी र सहसचिव ई.निराेज लामिछाने लाई सम्पर्क गर्न सकिने (सिडेन) गण्डकीले जनाएकाे छ ।