१७ जेठ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा पौडेलले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे । हिमाल आरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै रास्ट्रपति पौडेलले राष्ट्रको सम्मानको लागि आरोहीहरुले खेलेको भूमीका महत्वपूर्ण रहेको बताए ।
हिमाल आरोही याङजी शेर्पाले आफूले सरप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पु¥याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर सो अवसरमा हस्तान्तरण गरे । संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्विर सगरमाथाको चुचुरोमा पु¥याउने संकल्प लिएका थिए । अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
पायोनियर एडभेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल अरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए । कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताए ।